ताजा समाचार

डोनाल्ड ट्रम्प क्वारेन्टिनमा

एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन्।

बीबीसीका अनुसार ट्रम्पकी सहयोगी होप हिक्सलाई कोभिड-१९ पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका हुन्।

चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए।

ट्रम्पले होपलाई संक्रमण भएको बारे ट्वीटमार्फत् जानकारी गराएका थिए। उनले आफू र प्रथम महिला परीक्षणको नतिजा पर्खिरहेको जनाएका छन्। उनीहरू दुवै हाल क्वारेन्टिनमा छन्। जसका कारण अक्टोबर १५ का लागि तय भएको दोस्रो डिबेट प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

अमेरिकामा हालसम्म २ लाखभन्दा बढी मानिसले कोभिड-१९ संक्रमणका कारण ज्यान गुमाइ सकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org