ताजा समाचार

डा. गोविन्द केसी भेट्न पुगे पूर्वराष्ट्रपति यादव

काठमाडौं । मेडिकल शिक्षा सुधारको मागसहित सत्याग्रमा रहेका डा. गाोविन्द केसीलाई भेट्न पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।

डा. केसी अनशन बसेको आज १९ दिन पुगेको छ । जुम्लामा रहेका केसीले त्यहीँबाटै सत्याग्रह थालेका थिए । उनी केही दिनअघि काठमाडौं आएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सत्याग्रहमा छन् ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले अहिलेसम्म वार्ताको कुनै पहल गरेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org