ताजा समाचार

एकै दिन २७ सय २२ कोरोना संक्रमित थपिए

काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ।

त्यस्तै आज देशभर संस्थागत आइसोलेसनमा ९ हजार ४७४ जना रहेका छन्।

आज थप १४ हजार ७३९ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको १० लाख ४८, ६८६ संख्या पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ३०७ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ६० हजार ९६ पुगेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org