ताजा समाचार

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ।

हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

प्रधानमन्त्रीको सचिवालयमा पहिलो पटक कोरोना पुष्टि भएको बाहिरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org