ताजा समाचार

काठमाडौंमा ११७८ सहित उपत्यकामा १५३१ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार ५३१  कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३  कोरोना संक्रमित थपिएका हुन् ।

जसअनुसार काठमाडौंमा ४८४ महिला र ६९४ पुरुष, ललितपुरमा ११४ महिला र १३६ पुरुष र भक्तपुरमा ४९ महिला र ५४ पुरुष रहेका छन् ।

आइतबार काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी एक हजार ५६० कोरोना संक्रमित थपिएका थिए ।

शनिबार काठमाडौंमा एक हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ गरी एक हजार १७७ कोरोना संक्रमित थपिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org