ताजा समाचार

उपत्यकामा कोरोनाबाट ५ को मृत्यु, १ हजार १७ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट काठमाडौं उपत्यकाका ५ जनाको मृत्यु भएको छ भने १ हजार १७ जनामा संक्रमण देखिएको छ। काठमाडौंका ५९ र ६० वर्षीया महिला, ललितपुरमा ६७ वर्षीया महिला र ६१, ७७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।                                                                            यस्तै काठमाडौंका ७८३, ललितपुरका ११८ र भक्तपुरका ११६ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १५ सय ५१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९० हजार ८१४  पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

२२ हजार ७०९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ११८ जना रहेका छन् भने होम आइसोलेसनमा १३ हजार ५९१ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार २२१ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ४७ नमूनाको पीसीआर परीक्षण भएको छ। मंगलबार २३ सय ४० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ।

आइसीयूमा २४३  र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ५६३ जनाको मृत्यु भएको छ। मंगलबार उपत्यकाका ५ सहित ९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। सोमबार मात्रै कोरोनाबाट १९ जनाको मृत्यु भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org