ताजा समाचार

३४३९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित संख्या २५ हजार नाघ्यो

काठमाडौं ।  देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ४३९ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ४२९ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ०७ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार १२६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६८ हजार ६६८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर  ७२ दशमलव ९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख  हजार १३ जनाको ४८७ पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ५९६ जना र होम आइसोलेसनमा १४ हजार ४११ जना रहेका छन् । आजसम्म देशभर ४ हजार १५९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २३३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३  पुगेको छ ।

शनिबार दुई हजार १२० कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ४४ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।

आइतबार देशभर दुई हजार २५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक हजार ३२९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी आइतबार कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर दुई हजार ४४० कोरोना भाइरस संक्रमित थपिएका छन् भने एक हजार १३३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी सोमबार कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।

मंगलबार देशभर एक हजार ५५१ कोरोना संक्रमित थपिएका छन् भने दुई हजार ३४० जना डिस्चार्ज भएका छन् । मंगलबार देशभर कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org