ताजा समाचार

‘अब काठमाडौंका अस्पतालले धान्‍न सक्दैनन्’: स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्‍वर गौतमले स्वास्थ्य सुरक्षा नअपनाउँदा कोरोना संक्रमण अप्रत्याशित रुपमा बढेको बताएका छन्।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डाक्टर गौतमले अब अस्पतालले नधान्‍ने पनि बताएका छन्।  उनले काठमाडौंमा संक्रमितहरुको उपचार व्यवस्थापनमा चुनौती बढेको पनि उल्लेख गरेका छन्।

‘काठमाडौं संक्रमितहरुको उपचार व्यवस्थापन गर्न चुनौती बढेको छ,’ उनले भने, ‘यही अनुसार बढ्यो भने अस्पतालले धान्‍न सक्दैन।’ उनले अहिले बजारमा किनमेल गर्नेहरुको भिडले तीव्रगतिमा बढेको कोरोना नभएको भान भएको पनि बताए।

‘बजारमा किनमेल गर्नेहरुको भिडले तीव्रगतिमा बढेको कोरोना छैन कि भन्‍ने भान हुन्छ,’ उनले भने, ‘तपाईं हाम्रा व्यवहारले संक्रमण अप्रत्यासित बढेको छ।’ उनले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न पनि सधैँजसो आग्रह गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org