ताजा समाचार

जाजरकोटमा जिप दुर्घटना, वडाध्यक्षसहित पाँचको मृत्यु

काठमाडाैँ । जिल्लाको  जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे१ज९३५ नम्बरको जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही , कृति शाही,  ख्यामबहादुर शाही , वडा ५ की  मालिका बस्नेत, कृष्णबहादुर शाही मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए।

त्यस्तै दुईजना पानीमा बेपत्ता भएको उनले जानकारी दिए।  जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो।

जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन्। जिप खोलामा परेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org