ताजा समाचार

काठमाडौंमा २०८५ सहित उपत्यकामा २५४० संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा दुई हजार ५४० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ कोरोना संक्रमित थपिएका हुन् ।

जसअनुसार काठमाडौंमा ७९१ महिला र १२८६ पुरुष, ललितपुरमा १२४ महिला र १९६ पुरुष र भक्तपुरमा ६९ महिला र ६६ पुरुष रहेका छन् ।

बुधबार काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ गरी एक हजार ६८४ कोरोना संक्रमित थपिएका हुन् ।

मंगलबार काठमाडौंमा ७८३ , ललितपुरमा ११८ र भक्तपुरमा १६३ गरी एक हजार १७ कोरोना संक्रमित थपिएका थिए ।

सोमबार काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ गरी एक हजार ५३१ कोरोना संक्रमित थपिएका थिए ।

आइतबार काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी एक हजार ५६० कोरोना संक्रमित थपिएका थिए ।

शनिबार काठमाडौंमा एक हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ गरी एक हजार १७७ कोरोना संक्रमित थपिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org