ताजा समाचार

‘योगदान राष्ट्रका लागि’ अभियानको घोषणा

काठमाडौं । ‘योगदान राष्ट्रका लागि’ अभियानको औपचारीक रुपमा घोषणा भएको छ ।                                                  शुक्रबार काठमाडौंको बसुन्धारा स्थित ड्रिम डाईन रेष्टुरेन्टमा भएको पत्रकार सम्मेलन मार्फत अध्यक्ष ओम उप्रेतीद्वारा ‘योगदान राष्ट्रका लागि’ अभियानको औपचारीक रुपमा घोषणा भएको हो ।

विगत देखीनै नेपालका विभिन्न जिल्लामा प्रथामिक उपचारको तालिम दिंदै आएको अभियानले विभिन्न खालका सामाजिक कार्यबाट समग्र मुलुककै लागि योगदान दिन सकिन्छ भन्ने उद्देश्यका साथ स्थापना भएको अभियानले कानुनी प्रक्रिया पुरागरि औपचारिक रुपमा सामाजिक कार्यको शुरुवात गरेको छ ।

 

व्यक्तिगत खर्चमा विभिन्न जिल्लामा निःशुल्क प्रथामिक उपचार तलिमको प्रशिक्षण दिंदै आएका उप्रेतीले योगदान राष्ट्रका लागि अभियानले आगामी दिनमा मूलुकका सबै जिल्ला तथा स्थानीय तहका नागरीकलाई समेत प्रथामिक उपचार तालिममा दक्ष बनाउने तथा आकश्मिक दुर्घटनमा परी ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्ने अध्यक्ष उप्रेतीले बताए ।

‘योगदान राष्ट्रका लागि’ अभियानका केन्द्रीय अध्यक्ष ओम उप्रेतीले युएईमा सिकेको ज्ञान र सिपलाई नेपालभर फैलाउने तथा यसै मार्फत समाज र राष्ट्रसेवा गर्ने उद्देश्य लिएर नेपालका ४६ जिल्लामा प्राथमिक उपचारको अभियान सञ्चालन गरिसकेका छन् ।

‘योगदान राष्ट्रका लागि’ अभियानले छोटो समयमै केन्द्र, प्रदेश, जिल्ला र केही स्थानीय तहमा समेत समिति गठन गरी सक्रिय रुपमा अगाडी बढाएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार सबै प्रदेशका संयोजक, जिल्ला संयोजकहरु, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org