ताजा समाचार

कोरोना संक्रमणबाट ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष विष्टकाे निधन

काठमाडाैँ । कोरोना संक्रमणका कारण ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष एवं अधिवक्ता दीपकबहादुर विष्टकाे निधन भएकाे छ।

ललितपुरकै गोदावरी नगरपालिका ९, छम्पी निवासी विष्टलाई रुघाखोकी र त्यसपछि निमोनिया भएको थियो।

उपचारका लागि उनलाई यही असोज १३ गते ललितपुरकै मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। तर शुक्रबार राति ८ बजे उनकाे मृत्यु भएको उनको पारिवारिक सदस्यले जानकारी दिएका छन्।

४६ वर्षीय अधिवक्ता दीपक ललितपुरका मात्रै होइन, देशैभरका अधिवक्ताको रोजाइका व्यक्ति थिए। सामान्य रुघाखोकी, त्यसपछि देखिएको कोरोना र त्यसले निमोनिया भएपछि १२ दिनपछि उनको निधन भएकाे हाे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org