ताजा समाचार

ट्राफिकको दशैं सुरक्षा योजना : दैनिक सरप्राइज चेकिङ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको वडा दशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना लागू गरिसकेको छ।

आइतवारबाट काठमाडौं उपत्यकाभित्र सादा पोशाकमा सहित ट्राफिक प्रहरी परिचालन गरेको छ। ट्राफिक प्रहरीले चाडपर्वको समयमा हुने दुर्घटनालाई न्युनिकरण गर्न यसपटक मापदपदार्थ सेवन गरेर सवारी चलाउनेलाई विषेश निगरानी बढाउने भएको छ। त्यसैको लागि एउटा अप्रेसन संचालनमा ल्याइसकेको छ। अप्रेसन हो – ‘सरप्राइज चेकिङ।’

सरप्राइज  चेकिङ भनेको ट्राफिक प्रहरीले जतिखेर पनि सडकमा जहाँ पनि चेकिङ गर्न सक्छ। त्यसको लागि ट्राफिक प्रहरीले चारवटा समय निर्धारण गरेको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधनमा घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष चेकको व्यवस्था गरेको छ।

उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सवारी साधनहरुको मापसे सहितको सम्पूर्ण चेक हुने महाशाखाले उल्लेख गरेको छ। ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा लामा दुरीका सवारी साधनलाई लक्षित गरेर विशेष जाँचको व्यवस्था पनि गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org