ताजा समाचार

कर्णाली प्रदेश नेकपा संसदीय दलको बैठक बोलाइयो

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि संसदीय दलको बैठक बोलाइएको छ ।

प्रमुख प्रमुख सचेतक गुलाबजङ्ग शाहले मंगलबार दिउँसो १ बजे दलको बैठक बोलाएका हुन् ।

‘संसदीय दलको बैठक बस्नेबारे सूचना आएको छ । अरु कुरा थाहा भएन’, प्रदेश सांसद पदमा खड्काले भनिन् । तर, दलको नेता एवम् मुख्यमन्त्री शाहीसँग परामर्श समेत नगरी बैठक बोलाइएको एक नेताले बताए । उनले भने, ‘यति हतारमा प्रक्रिया बढाउनु हुँदैनथ्यो । मुख्यमन्त्रीसँग सामान्य परामर्श लिइएको भए उचित हुन्थ्यो ।’

प्रमुख सचेतक शाहले भने बहुमत सदस्यहरुले प्रस्ताव ल्याएकाले बैठक बोलाइएको बताए । ‘प्रजातान्त्रिक प्रक्रियाको सम्मान त गर्नु प¥यो । अब बैठकमै यसबारे छलफल हुन्छ’, उनले भने ।

मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै दल नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् । यमलाल कँडेलको नेतृत्वमा पूर्व माओवादी तर्फका तीनसहित १८ जनाले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

४० सदस्यीय कर्णाली प्रदेशमा नेकपाको ३३ सांसद छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org