डीडीसीमा भेटियो एक लाख ९४ हजार किलो म्याद गुज्रिएको बटर
काठमाडौं । सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको झण्डै दुई लाख किलो बटरमा उपभोग्य मिति सकिएको फेला परेको छ ।
काठमाडौं महानगरपालिका अन्र्तगतको उपभोक्ता हित संरक्षण समितिले मंगलबार गरेको बजार अनुगमनमा एक लाख ९४ हजार किलो ९७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको हो । ‘दूग्ध विकास संस्थाको बालाजु उत्पादन प्लान्टको चार वटा गोदाममा रहेको एक लाख ९४ हजार ९७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको छ, हामीले नमूना पनि ल्याएका छौं,’ बजार अनुगमन टोली प्रमुख हरिबहादुर भण्डारीले भने ।
बटरको प्याकिङमा उत्पादित मितिले आठ महिनाअघिनै उपभोग गरिसक्न भनिएको तर, गोदामका अधिकाशं बटरमा सो मिति नाघेको भण्डारीले अनलाइनखबरलाई बताए । सन् २०१९ को नोभेम्बर, डिसेम्बर र सन् २०२० को जनावरीमा बनेको बटर गोदाममा भेटिएको उनले बताए ।
उत्पादन सकिएको बटर पनि डीडीसीले सुजलसंग किनेको पाइएको पनि अनुगमन समितिले जनाएको छ । सुजलसंग किनेको बटरबाट डीडीसीले घिउ उत्पादन गरेर बजार पठाउने गर्दछ ।
मिति नसकिएको दाबी
यता दुग्ध विकास संस्थानको बालाजु आयोजनाले भने बटरको म्याद नसकिएको दाबी गरेको छ । संस्थाले सम्झौता गरेर सुजल किनेको बटर माइनस २० डिगि्रमा भण्डारण गरेको र सबैखाले गुणस्तरण परीक्षण गरेर मात्रै घिउ बनाउने गरिएको आयोजना प्रमुख गोविन्द जोशीले बताए ।
उचित भण्डारण गरेर बटर राख्दा १८ महिनासम्म पनि घिउ बनाउन सकिने प्रमुख जोशी बताउँछन् । ‘आयोजनाको ल्याब अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड २०२२ अनुसार रहेको छ, कुनै पनि वस्तुको अखाद्य छैन्,’ प्रमुख जोशीले भने ।
बजारमा नमूना योग्य बजार बनाउन सिकाउनुपर्ने सरकारी संस्थानबाटै म्याद गुज्रीएको बटरबाट घिउ बनाउनु अपराध भएको उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिना बताउँछन् ।
सरकारी कम्पनीको गुणस्तर खस्काएर बदनाम गर्ने रउपभोक्ता स्वास्थ्यमा प्रतिकुल असर पार्ने काममा संलग्नलाई छानबिन गरी कडा कारबाही गर्नुपर्ने तिमिल्सिना बताउँछन् ।
Comments
अरु समाचार
-
भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्ने भन्नुभएको छ: परराष्ट्रमन्त्री डा. राणा
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा...
-
हिरासत कक्षबाट आठ थुनुवा फरार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका...
-
पारिवारिक सुखको कामना गर्दै आजदेखि जितिया पर्व मनाइँदै
जलेश्वर (महोत्तरी), ७ असोजः सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’...
-
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
काठमाडौँ, ७ असोजः क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...