नेम्वाङको टेलिफोनपछि कर्णालीमा मन्त्रीको राजीनामा रोकियो
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका यमलाल कँडेललाई थप कदम नचाल्न नेकपा नेता सुवास नेम्वाङले सुझाव दिएका छन् । पार्टीको प्रतिनिधिसभाका संसदीय दलका उपनेता नेम्वाङलाई मंगलबार बिहान कँडेलले टेलिफोन गरेर अब चाल्नुपर्ने प्रक्रियाबारे सुझाव मागेका थिए ।
तर, नेम्वाङले पार्टीका दुई अध्यक्ष छलफलमा जुटकाले प्रधानमन्त्रीको निर्देशन नआएसम्म कुनै प्रक्रिया अगाडि नबढाउन सुझाव दिएका छन् । त्यसअगाडि त्यहाँका मन्त्रीहरुले नेम्वाङसँग टेलिफोन सम्वाद गरेका थिए । ‘मैले राजीनामा नदिनुहोस् भनेको छु, राजीनामाले समस्या झनै बढाएर लैजान्छ’, नेम्वाङले भने ।
नेम्वाङको टेलिफोनपछि कर्णालीमा अविश्वासको प्रस्तावका पक्षमा रहेका मन्त्रीहरुले राजीनामा दिएका छैनन् । अविश्वासको प्रस्ताव दर्ता गराउने नेतृत्व गरेका यमलाल कँडेलको पक्षमा कर्णाली प्रदेशमा दुई मन्त्री छन् । कँडेलको सिफारिसमा मन्त्री भएका दल रावल र सुन्दाससिंह बुढाले राजीनामा गर्न लागेको नेम्वाङलाई जानकारी दिएका थिए । तर, नेम्वाङले उनीहरुलाई राजीनामा नदिन र थप कुनै प्रक्रियामा सामेल नहुन निर्देशन दिएका छन् ।
मन्त्रीहरुलाई राजीनामाबाट रोकेपछि प्रदेश सहइन्चार्ज समेत रहेका कँडेलले नेम्वाङलाई फोन गरेका थिए । तर, नेम्वाङले अविश्वासको प्रस्ताव अगाडि बढाउनेबारे हतारो नगर्न सुझाव दिएका छन् । आइतबार कँडेलको नेतृत्वमा नेकपाका १८ सांसदले मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव पेश गरेका थिए ।
Comments
अरु समाचार
-
व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै
सिमकोट । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै बेहुला-बेहुलीको जन्ममिति अनिवार्य
काठमाडाैँ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता...
-
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार...
-
केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...
-
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ...