कांंग्रेसले भन्योः ‘चीनले नेपालको भूमि मिचेर संरचना बनाएकै हो’
काठमाडौं । सरकारले चिनियाँ पक्षबाट नेपालको कुनै पनि भूभाग नमिचिएको दाबी गरिरहेकै बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भूमि मिचिएको निष्कर्ष निकालेको छ ।
कर्णाली प्रदेशसभा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा नेपाल-चीन सीमा निरीक्षणमा गएको टोलीले चिनियाँ पक्षबाट नेपाली भूमि मिचिएको निष्कर्ष निकालेको हो । ११ दिनसम्म नेपाल-चीन सीमा निरीक्षण गरेको शाही नेतृत्व टोलीले नाम्खा गाउँपालिकामा पर्ने लोलुङजोङमा चीनद्वारा निर्मित भौतिक संरचनाहरु नेपाली भूभागमा पर्नेसमेत निष्कर्ष निकालेको छ ।
कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका दलका नेता शाहीले पार्टीको सूचना सञ्चार तथा प्रचार विभागद्वारा मंगलबार बेलुकी आयोजित ‘छहारी संवाद’ मा प्रस्तुत गरेको प्रतिवेदनमा नेपालले गप्पुदोचादेखि निर्माण गरेको दुई किलोमिटर सडकखण्ड पनि चीनले अतिक्रमण गरेको उल्लेख छ ।
उनले लाप्चा भञ्ज्याङमा निर्माण गरिएको १२ नम्बर सीमा स्तम्भ चीनले पूरै परिवर्तन गरेको बताए । उक्त सीमा स्तम्भ नेपाल सरकारलाई थाहै नदिई ६ महिनाअघि चीनले निर्माण गरेको नेता शाहीको भनाइ थियो । चीनले दशगजा क्षेत्रमा नियमविपरीत हिल्सा सीमाको ९ (२) नम्बर स्तम्भको बीच रेखामा तारबार र गेट निर्माण गरेको, ५ (१) र ५ (२) सीमा स्तम्भलाई चीनले तारबार गरी राखेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार चीनले ५ (२) नम्बरको पुरानो सीमा स्तम्भलाई उखेलेर एकतर्फी रुपमा नयाँ बनाएको छ ।
नेता शाहीले चीनले नेपाली भूमिमा निर्माण गरेको संरचनाका बारेमा देखिएको विवादबारे सत्यतथ्य पत्ता लगाउन र नेपाली भूमि फिर्ताका लागि सरकारलाई सुझावसहित दबाब दिन आफूहरु सीमा क्षेत्रमा निरीक्षणका लागि गएका बताएका छन् ।
असोज १४ गतेबाट असोज २४ गतेसम्म गरिएको सीमा निरीक्षणका क्रममा टोलीले पुराना र पाको उमेरका स्थानीय बासिन्दाका अनुभव संकलन, नेपाल-चीन सीमा सन्धिअनुसार अनुमोदित नक्सा, लिपि र हिल्साका स्थानीय बासिन्दाहरुसँग अन्तर्क्रिया-छलफलसँगै जीपीएस प्रविधि प्रयोग गरेको बताइएको छ ।
पार्टी केन्द्रको निर्देशनअनुसार नेता शाहीको नेतृत्वमा गएको सीमा निरीक्षण टोलीमा संविधानसभा सदस्य रीता शाही, हुम्ला कांग्रेसका सभापति जयपति रोकाया, उपसभापति कैलाश भण्डारी, महासमिति सदस्य तथा सिमकोट गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, महासमिति सदस्य तथा खार्पनाथ गाउँपालिकाका अध्यक्ष पेमा लामालगायतको सहभागिता रहेको थियो ।
यसअघि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा सरकारी टोली पनि स्थलगत निरीक्षणमा गएको थियो । उक्त टोलीले सीमा निरीक्षणपछि प्रतिवदेन नबुझाउँदै सरकारले चीनले सीमा नमिचेको प्रतिक्रिया दिएको थियो ।
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले सीमा मिचेको अभिव्यक्ति दिएपछि गृह मन्त्रालयले लिखित स्पष्टीकरणसमेत लिएको थियो ।
Comments
अरु समाचार
-
प्रहरी असईले आफैँलाई गोली हाने
काठमाडौं । अछाममा प्रहरी सहायक निरीक्षक (असई) ले आफैँलाई गोली हानेका छन् । तुर्माखाद गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक किसनबहादुर...
-
कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्
काठमाडौं । स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५...
-
कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
काठमाडौं । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छन्भने त्यस्ता...
-
गण्डकीमा डेङ्गुबाट सातको मृत्यु
काठमाडौं । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
जुम्लाका दुई पाटनमा चट्याङ पर्दा ७५ भेडा मरे
काठमाडौं। जुम्लाका छुट्टा छुट्टै पाटनमा एकैदिन परेको चट्याङमा परी ७५ भन्दाबढी भेडा मरेका छन् । जुम्लाको पातारासी गाउँपालिको चेप्टे पाटन...
-
कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री...