ताजा समाचार

कात्तिक ७ गते भित्र क्लिन फिड लागू नगरे कारबाही : सञ्चार मन्त्रालय

काठमाडाैँ ।  सरकारले यही ७ कात्तिकभित्र क्लिन फिड अर्थात् विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न निर्देशन दिएको छ ।

विज्ञापन ऐन, २०७६ को दफा ६ (१)को अनुसार आउँदो ७ कात्तिकभित्र देशभर क्लिन फिड लागू गर्न सरकारले सम्बन्धित सरोकारवालालाई निर्देशन दिएको हो ।

बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘७ कात्तिकभित्र विज्ञापनरहित रूपमा विदेशी च्यानल प्रसारण गर्नुपर्ने व्यवस्था ऐनमा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधिसमेतको अवस्था भएकाले ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिदेखि क्लिन फिड प्रसारण गर्न गराउन सम्बन्धित संघसंस्थालाई अनुरोध गरिएको छ ।’

मन्त्रालयले क्लिन फिड लागू नभएमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ । यसअघि कोरोना महामारीको कारण देखाउँदै भारतीय ब्राेडकास्ट फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघलगायतका संघसंस्थाले क्लिक फिड लागू गर्न थप म्याद मागेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org