ताजा समाचार

म्याग्दी जिल्ला प्रहरी प्रमुख कुवँरलाई ‘उत्कृष्ट कार्य पुरस्कार’

काठमाडौं। नेपाल प्रहरीले  प्रहरी नायव उपरीक्षक किरण जंग कुँवरलाई उत्कृष्ट कार्य पुरस्कारले सम्मान गरेको छ ।

नेपाल प्रहरीको ६५ औँ स्थापना दिवसको अवसरमा प्रनाउ कुँवरलाई उत्कृष्ट कार्य पुरस्कार प्रदान भएको हो ।

म्याग्दी जिल्ला इन्चार्ज प्रनाउ कुवँरलाई कार्य कुलशता र ब्यवसायिक क्षमता प्रदर्शन गरेको भन्दै प्रहरी प्रधान कार्यालय नक्शालले उत्कृष्ट कार्य पुरस्कार प्रदान गरेको हो ।

म्याग्दि जिल्ला प्रमुखको रुपमा  म्याग्दीमा कार्यरत कुँवर नेपाल प्रहरीमा २०६१ साल पुस महिनाको ३० गते प्रहरी निरीक्षकक बाट सेवा शुरु गरेका कुँवर प्रहरी योजना निमार्ण र सुधारका कार्यहरुमा कुशल मानिन्छन् ।

प्रनाउ कुवँरले कोभिड-१९  को रोकथामका ‘सामुदयमा आधारित स्वंयमसेबक’ परिचालन अभियानको थालनी गरि प्रभावकारी रुपमा कार्यन्वयन गरेपछी यस अभियानलाई राष्ट्रिय रुपमा समेत सरकारले अवलम्वन गरेको छ ।

कोरोना महामारीको विषम परिस्थितीमा विशेष अप्रेषन सञ्चालन गरेर फरार अपराधीको सुचिमा रहेका ३२ जना अपराधीलाई पक्राउ गरेका छन ।

म्याग्दिमा सामुदायीक प्रहरी साझेदारी अभियानलाई प्रभावकारी कार्यन्वयन गरेर समुदाय र प्रहरीबीचको संबन्धलाई प्रभावकारी रुपमा स्थापित समेत गरेका छन ।

प्रनाउ कुवँर महानगरिय प्रहरी बृत्त कमलपोखरीमा कार्यरत हुँदा दक्ष कार्य कुशलता प्रर्दशन गरेर आफ्नो व्यवसायीक तथा प्रशासनिक छबि राम्रो बनाएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org