ताजा समाचार

कैलालीमा दुई प्रहरी बेपत्ता, तस्करसँगको भिडन्तमा मारिएको आशंका

काठमाडाेँ । कैलालीमा ड्युटीमा खटिएका दुई जना प्रहरी वेपत्ता बेपत्ता भएका छन् ।

धनगढी उपमहानगरपालिका–१२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्दबहादुर बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार साँझदेखि वेपत्ता भएका हुन्।

उनीहरु दुवै जना ड्युटीमा खटिएका बेला बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले जानकारी दिए। चौकीबाट मोटरसाइकलमा राति साढे ८ बजे गस्तीमा निस्किएका दुबै जना साढे १० बजेदेखि सम्पर्कबिहीन भएको बताइएको छ।

आइतबार बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरु चढेको मोटरसाईकल फेला परेको र करीब तीन किलोमिटर दूरीमा रहेको मोहना नदीमा एक जनाको शव फेला परेको प्रहरी वरिष्ठ उपरिक्षक सिंहले बताए ।

नदीमा घोप्टो अवस्थामा रहेको शवको पहिचान भने नभएको उनको भनाइ छ। सो शव वेपत्ता प्रहरीकै हुनसक्ने अनुमान गरिएको छ। तस्करहरुसँगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने आशंका प्रहरीको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org