ताजा समाचार

कैलालीमा भेटिएको शव असई गोविन्द विकको भएको पुष्टि, जवानको खोजी जारी

काठमाडौं । कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेका छन् ।

गएराति धनगढी उप-महानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद ड्युटीमा निस्किएका थिए ।

जसमध्ये एकजनाको शव मोहना नदीमा भेटिएको थियो । सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तमराज सुवेदीले सो शव असई गोविन्द विकको भएको पुष्टि गरे । घटनास्थलमा रहेका एक प्रहरीका अनुसार असई विकको घाँटी रेटिएको छ ।

प्रहरी जवान रामबहादुर साउँद भने फेला परेका छैनन् । तर उनले प्रयोग गर्ने गरेको मोबाइल भने फेला परेको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने प्रहरीको दाबी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org