ताजा समाचार

दलको विवाद सल्ट्याउन कर्णाली प्रदेशलाई नै जिम्मा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गर्न त्यहाँको पार्टी कमिटी र संसदीय दललाई नै निर्देशन दिएका छन् ।

ओली-प्रचण्डबीच आज (मङ्गलबार) बालुटावारमा छलफल भएको थियो । छलफलमा कर्णाली प्रदेश संसदीय दलमा देखापरेका समस्या समाधान गर्न त्यहीँको पार्टी कमिटी, संसदीय दललाई नै दिएको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

“आज बिहान दुईजना अध्यक्षबीच छलफल भयो,” उनले भने, “त्यहाँको संसदीय दलको समस्या समाधान गर्न त्यहीँको पार्टी संसदीय दललाई जिम्मा दिने कुराकानी भएको छ ।”

गत आइतबार (असोज २५ गते) मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध त्यहाँका संसदीय दलका १८ सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । जसमा ओली पक्षका ८ जना, माधव नेपाल पक्षका ७ जना र पूर्वमाओवादी केन्द्रका ३ जना सांसद थिए ।

विवाद उत्कर्षतिर अभिमुख भएपछि अध्यक्षद्वय ओली, प्रचण्डले पत्रै काटेर दुवै पक्षलाई काठमाडौं बोलाएका थिए । दुवै अध्यक्षले सबै पक्षसँग छुट्टाछुट्टै छलफल गरेका थिए । दुवै पक्षसँगको कुराकानीका आधारमा समस्या समाधान गर्न प्रदेशलाई नै जिम्मा दिएको प्रचण्ड स्रोतले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org