ताजा समाचार

सरकारले माग्यो ८ जना अनुसन्धानकर्ता

काठमाडाैँ । नीति अनुसन्धान प्रतिष्ठान सानो गौचरन काठमाडौंले विभिन्न विषय समूहका अनुसन्धानकर्ता र सहअनुसन्धानकर्ता मागेको छ।

यसअघि कात्तिक १ गते दरखास्त आह्वान गरे पनि पर्याप्त दरखास्त नपरेपछि आज पुन: दरखास्त आह्वान गरिएको छ।

मंसिर २९ गतेभित्र दरखास्त बुझाउनुपर्ने समय छ।

‘गत कात्तिक १ मा दरखास्त आह्वान गरेकोमा पर्याप्त दरखास्त नआएकोले सो विज्ञापन रद्द गरी छनोटका संशोधित आधारहरू र नयाँ दरखास्त फारमका साथ पुन: दरखास्तको आह्वान गरिएको छ,’ प्रतिष्ठानले आज निकालेको सूचनामा भनिएको छ।

विकास, पूर्वाधार तथा आर्थिक मामिला, शासकीय प्रवन्ध तथा सार्वजनिक सेवा प्रवाह, राजनीतिक र सामाजिक मामिला, राष्ट्रिय हित, परराष्ट्र नीति तथा सामरिक मामला, विज्ञान, प्रविधि तथा वातावरण, सूचना तथा ज्ञान व्यवस्थापनमा एकेक जना अनुसन्धानकर्ता मागेको हो।

यस्तै विकास पूर्वाधार तथा आर्थिक मामला र शासकीय प्रवन्ध तथा सार्वजनिक सेवा प्रवाहमा एकेक जना सहअनुसन्धानकर्ता गरी कूल ८ पदमा दरखास्त आह्वान भएको छ।

न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह उत्तीर्ण र वाञ्छनीय शैक्षिक योग्यतामा विद्यावारिधि उपाधि प्राप्त भनिएको छ।

परीक्षा दिन एक हजार शुल्क लाग्नेछ।

दरखास्त [email protected] मा पठाउन सकिने प्रतिष्ठानले जनाएको छ।

यस्तो छ सूचना:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org