पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु
काठमाडाैँ । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने उडानमा सँगै रहेकी युवती घाइते भएकी छन्।
वडा प्रहरी कार्यालय वैदामले जनाएअनुसार मृृत्यु हुनेमा फिस्टेल प्याराग्लाइडिङ कम्पनीका पाइलट राजु गैरे हुन्।
पोखरा–२८, कालिका घर भएका २८ वर्षीय पाइलट गैरेले पोखराकै सराङकोटबाट उडाएको ग्लाइडर सोमबार दिउसो १ बजेतिर दुर्घटनामा परेको थियो।
ग्लाइडर फेवातालको किनारामा ल्याण्डिङ गर्ने क्रममा करिब २ किलोमिटर टाढा खसेको प्रहरीको भनाइ छ।
दुर्घटनामा परी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२, बासुकीकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन।
उनको अहिले यहाँको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार शिलाको अवस्था गम्भीर छ।
कोरोना महामारीले ठप्प भएको पोखराको पर्यटनलाई चलायमान बनाउन नेपाल हवाई उड्डयन संस्थाले पछिल्लो समय प्याराग्लाडिङमा ६० प्रतिशतसम्म छुट दिएको छ।
सोही छुटको उपयोग गर्दै यतिबेला पोखराको आकासमा कावा खानेहरु बढिरहेका बेला यो दुर्घटना भएको हो।
गएको चैतदेखि करिब ७ महिना साहसिक पर्यटन विधाको प्याराग्लाइडिङ बन्द थियो।
Comments
अरु समाचार
-
पारिवारिक सुखको कामना गर्दै आजदेखि जितिया पर्व मनाइँदै
जलेश्वर (महोत्तरी), ७ असोजः सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’...
-
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
काठमाडौँ, ७ असोजः क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...