ताजा समाचार

एक हजार ९ सय ८० जनामा कोरोना संक्रमित थपिए, संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो

काठमाडाैँ । नेपालमा थप एक हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। साथै ३ हजार ४३ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा २ लाख २२ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

२ लाख २ हजार ६७ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय ३७ जनाले ज्यान गुमाएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org