ताजा समाचार

कोरोना कहरबीच यसरी लिइयो १२ कक्षाको परीक्षा

काठमाडौं । लामो समयको अन्यौलपछि अन्ततः कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सुरु भएको छ ।

कोरोना संक्रमण सुरु भएपछि गत वैशाखमै हुनुपर्ने परीक्षा झण्डै सात महिनापछि सुरु भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको समन्वयमा कोरोना सम्बन्धी मापदण्ड अपनाएर देशभर एक साथ परीक्षा सन्चालन गरेको हो ।

स्वाथ्य सुरक्षा  मापदण्ड पालना गर्दै हेटौंडामा पनि परीक्षा सञ्चालन भएको छ। बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले  हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र बंशगोपाल माध्यमिक विद्यालयमा सञ्चालन भएको परीक्षाको अनुगमन गरेका थिए।

आजबाट सुरु भएको परिक्षा विद्यार्थीले ढुक्कसँग दिएको र रोकिएको परिक्षा सुरु भएकोमा उत्साह पनि थपिएको मन्त्री दुलालले बताए। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलका अनुसार यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा–१२ को परीक्षा दिँदै छन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org