ताजा समाचार

कोरोनाको खोप विश्व बजारमा आउने बित्तिकै नेपाली जनताले पाउनेछन् : मन्त्री ढकाल

काठमाडौँ। सरकारले कोरोना विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी भएको जनाएको छ।

विश्वप्रति जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएका हुन्।

स्वास्थ्य मन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानुन संशोधन गरेर सरकार अगाडि बढेको बताएका छन्। अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिनहरू प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि सहज रूपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेशमार्फत कानुन संशोधन गरिएको उनले बताए।

मन्त्री ढकालले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधिहरू म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको बताए। उनले तरकारी, फलफूल लगायतमा प्रयोग हुने कीटनाशक औषधिका कारण पनि मानव जीवनमा विभिन्न समस्या देखिने गरेको बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org