ताजा समाचार

उपत्यकामा २४ घण्टामा ८३५ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार दिएको जानकारी अनुसार संक्रमित हुनेमा ३५० महिला र ४८५ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर बुधबार संक्रमित पुष्टि हुनेमा १ हजार ९४८ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा यो सँगै निको हुनेको २ लाख ७ हजार ९९८ पुगेको छ । साथै २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org