‘ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा सीमा विवाद छिटो टुंग्याउन चाहन्छौं’
काठमाडौं । नेपालले ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा वार्ता र सम्वादमार्फत सीमा विवाद छिटो टुंग्याउन चाहेको सन्देश भारतलाई दिएको छ ।
दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले बिहीबार काठमाडौं आएलगत्तै नेपाली समकक्षी भरतराज पौड्यालसँग द्वीपक्षीय वार्ता गरेका थिए । त्यसलगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरे ।
विदेश सचिव श्रृंगलासँग भएको भेटमा नेपाली पक्षले सीमा विवादबारे आफ्नो प्रष्ट अडान राखेको छ ।
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्नुका साथै त्यसअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन गरेको छ । ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा यो भूमि आफ्नो भएको नेपालको मत छ ।
भारतीय विदेश सचिवसँग भएको औपचारिक वार्ता र शिष्टचार भेटहरुमा नेपाली पक्षले ऐतिहासिक दस्ताबेज र प्रमाणहरुका आधारमा सीमा विवाद छिटो हल गर्नुपर्ने मत राखेको छ ।
विदेश सचिव श्रृंगलासँग सबै विषयमा खुलस्त कुराकानी भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले अनलाइखबरलाई बताए । ‘हामीले दुईपक्षीय सहकार्यका विविध क्षेत्रमा भएका प्रगति र समस्याहरुबारे वृहत छलफल गर्यौं’ उनले भने, ‘सीमा विवाद, प्रवूद्ध समूहको प्रतिवेदन लगायतका दुई देशका बीचमा रहेका आउटस्ट्याडिङ विषयहरुमा पनि खुलेर छलफल भयो ।’
‘इतिहासले अधुरा छोडेका मुद्धाहरुलाई छिटो टुंग्याएर एउटा विश्वासको जग बनाएर अगाडि बढ्नुपर्छ भन्नेमा मैले जोड दिएको छु’ मन्त्री ज्ञवालीले भनेका छन् ।
नेपालले सार्वभौम समानता, पारस्परिक लाभ, अहस्तक्षेप र आपसी विश्वासका आधारमा सम्बन्धलाई सुदृढ गराउन चाहेको प्रष्ट सन्देश दिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।
बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सीमा लगायतका दुईपक्षीय विषयहरु वार्ताको माध्यमबाटै समाधान गर्न सकिने धारणा व्यक्त गरेका थिए । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको टेलिफोन सम्वादमा पनि आफूले यही विषय राखेको स्मरण गरेको स्रोतले बताएको छ ।
सीमा विवादको विषयलाई भारतीय पक्षले सकरात्मक रुपमा रेस्पोन्स गरेको सरकारी अधिकारीहरुले बताएका छन् । भारतीय विदेश सचिव श्रृंगलाले दुई देशबीच रहेका केही समस्याका कारण समग्र दुईपक्षीय सम्बन्धलाई बन्धक बनाउन नहुने बताएका थिए । ‘हाम्रो विचमा केही समस्याहरु छन्, त्यो मलाई थाहा छ । गएको वर्ष कोभिड-१९ सँगै केही राजनीतिक समस्याहरु थपिए’ उनले भनेका थिए, ‘यी विषयहरुलाई वार्ताद्धारा समाधान गर्नुपर्छ । हाम्रो विचमा गहिरो मित्रता छ, केही विषयले त्यो सम्बन्धलाई बन्धक बनाउनु हुन्न ।’
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको शिष्टाचार भेटमा पनि देशको विवादित विषयबारे कुराकानी भएको थियो । स्रोतका अनुसार छलफलको शुरुवातमै राष्ट्रपति भण्डारीले भारतीय विदेश सचिवलाई परराष्ट्र सचिव, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई भेट्नुभयो, केके कुराकानी भयो सुनाउनुहोस् भनी आग्रह गरेकी थिइन् ।
भारतीय विदेश सचिवले भने सीमा विवादतर्फ संकेत गर्दै दुई देशको विचमा केही समस्या रहेको, तर वार्ताबाट समाधान गर्न सकिने बताएका थिए ।
Comments
अरु समाचार
-
पारिवारिक सुखको कामना गर्दै आजदेखि जितिया पर्व मनाइँदै
जलेश्वर (महोत्तरी), ७ असोजः सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’...
-
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
काठमाडौँ, ७ असोजः क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...