ताजा समाचार

पछिल्लो २४ घण्टामा थपिए १४ सय ७४ कोरोना संक्रमित, १९ सय ३१ डिस्चार्ज

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ९ हजार ९ सय ११ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १९ सय ३१ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय २३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ०८ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org