ताजा समाचार

नेपाल प्रहरीको एआईजीमा पोखरेल सिफारिश, महानिरीक्षक बन्न मार्गप्रशस्त

काठमाडाैँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल सिफारिस भएका छन् ।

सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा सिफारिस गरेको हो ।

एआईजी बढुवा समितिमा गृहसचिव अध्यक्ष, प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य हुने व्यवस्था छ ।

३ मंसिरको मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजी थप्ने निर्णय गरेको थियो । सोही थप गरेको एक दरबन्दीमा पोखरेल बढुवा सिफारिस भएका हुन् ।

उनी सिफारिस भएसँगै हालका आईजीपी शैलेश थापा क्षेत्रीपछि को आईजीपी हुने भन्ने करिब टुङ्गो लागेको छ । क्षेत्रीको कार्यकाल सकिन १८ महिना बाँकी छ ।

हालका तीन एआईजी पनि आईजीपी क्षेत्रीकै ब्याची भएका कारण उनीहरु सबै एकै चोटी अवकाशमा जानेछन् । त्यसमध्ये सोमबार सिफारिस भएका पोखरेल मात्रै बाँकी रहन्छन् ।

यसअघि तीन एआईजी रहेको नेपाल प्रहरीमा पोखरेल थप भएसँगै साधारण तर्फ चार र प्राविधिक गरेर पाँच एआईजी पुगेका छन् । डीआईजीको बढुवा पनि केही दिनमै अगाडि बढाउने गृह मन्त्रालयको तयारी छ ।

पोखरेलको अस्वभाविक छलाङ

एआईजीमा बढुवा सिफारिस भएका पोखरेलले अस्वाभाविक तरिकाले छलाङ मारेका छन् । एसएसपी बढुवादेखि नै आफ्ना ब्याची र आफूभन्दा एक ब्याच सिनियर अधिकृतलाई उछिन्दै बढुवा भएका पोखरेलले एआईजी बढुवामा पनि त्यसैलाई निरन्तरता दिँदै भावी आईजीपीको स्थान सुरक्षित गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org