ताजा समाचार

“सरकार गरिखान देऊ” भन्दै माइतीघरमा रात्रीकालिन व्यवसायीको प्रदर्शन

काठमाडौं । रात्रीकालिन व्यवसाय सुचारु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

कोभिड संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने मागसहित उनीहरुले बिहीबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले गीत गाउँदै आफ्ना माग प्रस्तुत गरेका थिए। सांस्कृतिक पहिचान झल्कने पहिरन र बाजा बजाएर प्रदर्शनमा सहभागी भएका थिए।

कोरोना महामारी सुरु भएपछि रात्रीकालीन व्यवसाय बन्द गरिएको थियो। अन्य क्षेत्रको व्यवसाय खुला हुँदा रात्रीकालीन व्यवसाय खोल्न पाउनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

व्यवसाय खोल्न दिनुपर्ने वा काम गरी खानेलाई राहतको माग दिनुपर्ने भन्दै प्रदर्शनमा नाराबाजी गरेका थिए। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर  व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने दरबारमार्ग स्थित “किंस लाउन्जा”का सञ्चालक कुमार गुरुङ बताउँछन्।

अन्य व्यवसाय निर्बाध रुपमा सञ्चालन भैराखेको बेला सरकारले रात्रीकालिन व्यवसायः क्लव, रेष्टुरेन्ट, बार लगाएतका व्यवसायलाइई सरकारले उपेक्षित गरेको भन्दै व्यवसायी गुरुङले सरकारप्रती गुनासो पोखे ।

उनले भनेः सम्बन्धित सरोकारवाला निकायलाई पटक-पटक व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने मागहरु राख्दा सुनुवाई नभएपछी प्रर्दशनमा उत्रिनु परेको हो ।

करिब ९ महिना सम्म व्यवसाय बन्द रहँदा कोठा भाडा तिर्न गाह्रो भएको जस्ता समस्या रहेको उनले बताए। काम गरि खान दिनेलाई सरकारले काम गर्न दिनुपर्ने उनको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org