ताजा समाचार

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५५१ पुगेको छ ।

२४ घण्टाको अवधीमा १ हजार ३४३ कोरोना संक्रमित थपिएका छन् । बिहीबार ९ हजार  २८९ जनाको पीसीआर परिक्षण गरिएको थियाे ।

कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधीमा २ हजार १११ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २० हजार २७२ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org