ताजा समाचार

१३८२ कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३८२ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ६२१ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ छ ।

पछिल्लो २४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६३७ पुगेको छ ।

मन्त्रालयका अनुसार १२ हजार ६८६ जना आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कुल १७ लाख ९९ हजार ६८६ पीसीआर परीक्षण गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org