ताजा समाचार

उखु किसान भन्छनः माग पूरा नभए बालुवाटार घेराउ गर्छौं

काठमाडौं । गत वर्ष भएको सम्झौता तत्काल पूरा नभए प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने उखु किसानहरुले चेतावनी दिएका छन् ।

गत पुस १८ गते आफूहरुसँग भएको सम्झौता कार्यान्वन गर्नुपर्ने माग गर्दै उनीहरुले आफूहरुको माग सुनुवाई नभए सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने चेतावनी दिएका हुन् ।

चिनी मिल सञ्चालकहरुले वर्षौसम्म वक्यौता रकम नदिएपछि गत वर्ष पुसमा पनि काठमाडौं आएर आन्दोलन गरेका उखु किसान पुनः काठमाडौं आएर प्रदर्शन सुरु गरेका छन् । सरकारले गतवर्ष रकम उपलब्ध गराइदिने भन्दै ५ बुँदे सम्झौता गरेको थियो ।

वर्षौसम्म उखुको बक्यौता नपाएपछि उखु किसान पुनः सडकमा आउन बाध्य भएका हुन् । आफूहरुले पाउनुपर्ने रकम नपाएसम्म गाउँ नफर्कने अठोटसहित काठमाडौंमा आएर उखु किसान आन्दोलित भएका हुन् ।

गत वर्ष सरकारले नै आफूसँग भएको लिखित सम्झौता कार्यान्वयन नभएपछि आन्दोलन गर्न बाध्य हुनुपरेको उनीहरुले बताएका छन् । आजदेखि माइतीघरमा शान्तिपूर्ण प्रदर्शनमा रहेका उखु किसानले पाउनु पर्ने रकम नपाएसम्म गाउँ नफर्कने बताएका छन् ।

उखु किसानहरुले आफूहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर, किसान मार्न पाइँदैन, बिर्कोमा लाको चिनीमा कसरी पस्यो माफिया, सानो छ खेत सानो छ बारी सानै छ जहान सानो छ देश, ठूलो छ सरकार, अटेन किसानलगायतका ब्यानर लिएर सडकमा आएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org