ताजा समाचार

उखु किसान र उद्योग मन्त्रालयबीच आज छलफल हुने

काठमाडौं। आज उद्योग मन्त्रालय र उखु किसानबीच छलफल हुने भएको छ।

दिउँसो १ छलफल तय गरिएको मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले जानकारी दिएका छन्।

छलफल अघि मन्त्रालयको आन्तरिक छलफल हुनेछ ।  “छलफलमा चिनी मिल सञ्चालकहरूलाई पनि बोलाउने भन्ने कुरा छ,” उनले भने, “उहाँहरू पनि आउनु भए त्रिपक्षीय छलफल हुनेछ।”

आफ्नाे पैसा पाउनुपर्ने माग गर्दै उखु किसानले माइतीघर मण्डलबाट दोस्रोपटकको आन्दोलन सुरु गरेका छन्।

गत वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, आन्दोलित किसान र चिनी उद्योगीबीच भएको सहमति कार्यान्वयमा नआएपछि आइतबारबाट फेरि आन्दोलन सुरु भएको हो।

अघिल्लो वर्ष भएको ५ बुँदे सहमति कार्यान्वय नै नभएको संघर्ष समितिले बताएको छ।

आन्दोलतरत किसानहरूले बताएअनुसार सबैखाले चिनी उद्योगहरूले किसानलाई कुल ९० करोड रूपैयाँ भुक्तानी दिन बाँकी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org