ताजा समाचार

वाग्मती प्रदेशका मुख्‍यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, तीन मन्‍त्रीको राजीनामा

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइ अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
त्यस्तै तीन मन्त्रीले राजीनामा दिएका छन् ।
राजीनामा दिने तीन मन्त्रीमा अरुण नेपाल, शरद दुलाल र शालिकराम जमकट्टेल रहेका छन् ।  आज बिहान ११ बजेर २५ मिनेटमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिए । उनका अनुसार ४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org