ताजा समाचार

नेकपा विवाद : प्रदेश १ का ३ मन्त्रीले दिए राजीनामा

काठमाडाै ।   प्रदेश नम्बर १ काे सरकारका ३ मन्त्रीले आइतबार बिहान राजीनामा दिएका छन्।

सत्तारूढ नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका प्रदेशमन्त्रीले राजीनामा दिएका हुन्।

प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराई चुनाव घोषणा गरेपछि सत्तारूढ नेकपा औपचारिक रूपमै विभाजन भइसकेको छ। ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले आफू आधिकारिक नेकपा भएको दाबी गर्दै अलग अलग बैठक गरिरहेका छन्।
त्यसैको असर प्रदेश सरकारमा पनि देखिन थालेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org