ताजा समाचार

काठमाडौंकाे तापक्रम शून्यमा झर्‍यो

काठमाडाैँ । काठमाडौं उपत्यकाको तापक्रम आज बिहान विहान शून्यमा झरेको छ।

विहान पौने ९ बजे मापन गर्दा उपत्यकाको न्युनतम तापक्रम ० दशमलव ८ डिग्री सेल्सियसमा झरेको  जल तथा मौसम बिज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

यो काठमाडौं उपत्यकामा यस वर्षकै कम तापक्रम भएको  महाशाखाका मौसमविद् राजु प्रधानाङले जानकारी दिए। यसअघि विहान पौने ६ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो। महाशाखाका अनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ।

यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस छ। मौसमविद प्रधानाङगले तत्काल वर्षा र हिमपात गराउने कुनै प्रणाली सक्रिय नभएका कारण उपत्यकाकामा अवको केहिदिन चिसो कायमै रहने बताए। तराईका अधिकांस स्थानमा लागेको बाक्लो हुस्सु केहि घट्दै गएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org