संक्रमण फैलन सक्ने डरले दिल्लीमा नयाँ वर्षमा रात्रिकालीन कर्फ्यु
एजेन्सि । भारतको दिल्ली सरकारले कोरोना संक्रमणको अत्याधिक जोखिम रहने भन्दै बिहीबार र शुक्रबार राति कर्फ्यु लगाउने निर्णय गरेको छ ।
नयाँ वर्ष मनाउन मानिसहरुले विशेषगरी रातिको समयमा जमघट र भीडभाड गर्ने र त्यसले संक्रमणको फैलाउने जोखिम रहेको भन्दै उक्त निर्णय लिइएको बताइएको छ ।
दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले बुधबार राजधानी दिल्लीमा बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म र शुक्रबार राति पनि सोही समयमा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन र नयाँ वर्ष मनाउने कुनै पनि कार्यक्रम गर्न नपाउने निर्णय गरेको हो ।
‘डिसेम्बर ३१ राति ११ बजेदेखि जनवरी १ को बिहान ६ बजेसम्म र जनवरी १ को राति ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सार्वजनिक स्थलमा पाँच जनाभन्दा बढी भेला हुन र नयाँ वर्षको कुनै पनि उत्सव, कार्यक्रम र समारोह रात्रीकालीन कफ्र्यू रहनेछ,’ दिल्ली सरकारका मुख्य सचिवद्वारा जारी आदेशमा भनिएको छ । यद्यपि पूर्वअनुमति प्राप्त स्थानहरुलाई भने त्यो छुट रहने समेत आदेशमा भनिएको छ ।
दिल्लीका आठ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नयाँ वर्षको भीडभाडले संक्रमण बढाउने जोखिम रहेको भन्दै उक्त निर्णय लिइएको आदेशमा भनिएको छ । पछिल्ला दिनमा दिल्लीमा कोभिड–१९ संक्रमणको नियन्त्रण हुँदै गएको देखिन्छ ।
बुधबार दिल्लीमा ७०३ जना मात्र नयाँ संक्रमित थपिएका थिए । नियन्त्रणउन्मुख भइरहेका बेला नयाँ भाइरसबाट संक्रमणको जोखिम बढाउने भन्दै पछिल्लो आदेश जारी गरिएको दिल्ली सरकारले जनाएको छ । ‘बेलायतबाट भित्रिएको नयाँ प्रकारको भाइरस पुष्टि भइसकेको र उक्त भाइरसका कारण बढने जोखिमसँगै नयाँ वर्षका कार्यक्रमहरुले कोरोना संक्रमणको नियन्त्रणमा हालसम्म हासिल भएको सफलतालाई धक्का लाग्नसक्ने देखेर निर्णय लिइएको हो,’ आदेशमा भनिएको छ ।
नयाँ प्रकारको भाइरसबाट संक्रमित हुने संख्यामा वृद्धि भएसँगै भारतले बेलायतसँगको हवाईसम्पर्कलाई ७ जनवरीसम्म प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । हालसम्म भारतमा बीस जनामा बेलायतमा देखिएको जस्तो नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये आठजना दिल्लीकै रहेका छन् । नयाँ प्रकारको भाइरस पुरानो भाइरसभन्दा ७० प्रतिशतले चाँडै संक्रमित तुल्याउने अनुसन्धानहरुबाट खुलेको छ ।
Comments
अरु समाचार
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई...
-
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक...
-
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित
काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता...
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...
-
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
काठमाडौं । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मिरागोएनमा भएको विस्फोटमा...