ताजा समाचार

समाजसेवी युवा खड्काद्वारा खेलमैदान निर्माणका लागि ४० हजार आर्थिक सहयोग

रुकुम पूर्व । खेल मैदान निर्माण अभियानमा  समाजसेवी युवा चन्द्र बहादुर खड्काले ४०,०००(अक्षेरुपी चालीस हजार) आर्थिक सहयोग गरेका छन ।

रुकुम पुर्व सिस्ने गाँउपालिका वडा नं ३ पोखरा स्थायी घर भइ हाल हङकङ रहेकाा खड्काले ४०,००० (अक्षेरुपी चालीस हजार) खेलमैदान निर्माणअभियानमा आर्थिक सहयोग गरेका हुन ।

समाजसेवी युवा खड्काले भनेः आफ्नो गाँउघरको विकास निर्माणको अभियानमा आफ्नो तर्फबाट सहयोग गर्न पाउँदा, खुसि लागेको समाजसेवा, सामाजिक काम आफ्नो तर्फबाट अनवरत सहयोग रहिरहने छ ।

खेल मैदान निर्माण अभियानमा विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग उपलब्ध गराउदै आएका छन् । अहिलेसम्म झण्डै ८ लाख सहयोग रकम जम्मा भइसकेको खेलमैदान समितिले जनाएको छ ।

`स्थानिय स्तरमा सहयोग रकम संकलन गरेका छौं । स्वतस्फुर्त रुपमा स्थानिय स्तरमा सहयोग रकम संकलन भएको थियो । अब भने विभिन्न सिलसिलमा विदेशमा रहेका युवा, समाजसेवी तथा व्यक्तिलाई सहयोग रकम उप्लब्ध गराउन आह्वान गरिरहेका छौं ।´ समितिका सचिव रेवन खड्काले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org