ताजा समाचार

कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम घोषणा गर्दै भन्यो–हामी एक्लै जान्छौँ

काठमाडौं । नेपाली कांग्रेसले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

जारी केन्द्रीय समितिको बैठकले कांग्रेस आन्दोलनमा नै रहेको निष्कर्ष निकाल्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार पुस २५ गते कांग्रेसले प्रदेशसभा क्षेत्रमा प्रदर्शन गर्ने छ भने माघ ३ गते ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्नेछ ।

माघ ८ गते सबै वडामा विरोध सभा गर्ने निर्णय गरेको छ । कांग्रेसमा आन्दोलनमा जाने विषयमा कुनै विवाद नरहेको पनि बताए ।

“कांग्रेसविरुद्ध आएका गलत समाचारको खण्डन पनि गरेका छौँ,” प्रवक्ता शर्माले भने, “यो सरकारले नैतिक र राजनीतिक हिसाबले शासन गर्ने अवस्था गुमाएको छ । हामी ओलीका सारथीसँग पनि मिल्दैनौँ, एक्लै जान्छौँ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org