प्रधानमन्त्री ओलीलाई संघीयता र समावेशिता मन परेको छैन : वर्षमान पुन
काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता र समावेशिता मन नपरेको बताएका छन्।
काठमाडौंमा जनता समाजवादी पार्टीले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता पुनले प्रधानमन्त्री ओलीलाई संघीयता र समावेशिता मन नपरेकाले नै संसद विघटन गरेको दाबी गरे।
‘पार्टीभित्र अन्तर्विरोध थियो। तर, प्रधानमन्त्रीले संसद नै विघटन गर्नुपर्ने अवस्था थिएन। उहाँलाई संघीयता मन नपरेको कारणले असफल बनाउनका लागि संसद विघटन गर्नुभयो,’ पुनले भने, ‘पार्टीभित्र र संसदमा पनि उहाँलाई कुनै असहयोग भएको थिएन।’
नेता पुनले संसद विघटन गर्ने प्रधानमन्त्रीको कुनै अधिकार नभएको दाबी गरे। ‘प्रधानमन्त्रीको विशेष अधिकार र काम गर्न नदिएको विषय उहाँले उठाउनुभएको छ। तर, पार्टीको विवादले लोकतन्त्रलाई असर पार्न पाइँदैन,’ उनले भने, ‘असंवैधानिक कदम चालिएको छ। यसविरुद्ध एकजुट भएर लाग्नुपर्छ।’
संसद विघटन गर्ने बैठकमा पनि आफूले त्यस विषयमा कुरा उठाएको पूर्वऊर्जामन्त्री समेत रहेका पुनले बताए। ‘उहाँले आफूखुसी मन्त्रिपरिषद्को बैठक राखेर संसद विघटन गर्नुभयो। उहाँ निकटका मन्त्री प्रदीप ज्ञवालीले समेत त्यसको विरोध बैठकमा गर्नुभएको थियो,’ पुनले भने, ‘उहाँले कसैको कुरा सुन्नुभएको भए देशमा यस्तो अवस्था आउँदैनथ्यो।’
प्रधानमन्त्री ओलीले अहिले मात्रै नभएर यसअघि पनि पटक–पटक पार्टी फुटाउने प्रयास गरेको नेता पुनले आरोप लगाए। ‘प्रधानमन्त्री ओलीले बैशाखमा पनि पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए। त्यो फिर्ता भयो। यता पार्टी बैठक चलिरहेको बेलामा पनि संवैधानिक परिषद्को अध्यादेश ल्याउनुभयो,’ उनले भने, ‘उहाँले पार्टीभित्रको कुरा पनि कहिल्यै सुन्नु भएन र निर्णय पनि मान्नु भएन।’
प्रधानमन्त्री ओलीको कदमलाई रोक्न ८३ सांसदको हस्ताक्षरसहित बैठकको माग गर्दै राष्ट«पति कार्यालयमा पुग्दा समेत दर्ता नभएको उनले स्मरण गरे। सत्तारुढको पार्टीको विवादले लोकतन्त्रमा खतरा हुनु नहुने उनले बताए। पार्टीभित्रको विवाद पार्टीमै बसेर समाधान गर्नमा प्रधानमन्त्री ओली नलागेको उनले आरोप लगाए।
Comments
अरु समाचार
-
ट्रम्पले नेपाललगायत २९ देशबाट किन फिर्ता बोलाए राजदूत ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नेपाललगायत २९ देशबाट राजदूत फिर्ता बोलाएका छन् । ३० जना अनुभवी राजदूतहरूलाई पदबाट हटाएर...
-
प्रधानमन्त्री कार्कीले राजनीतिक दललाई भनिन्- मेरो गोरुको बाह्रै टक्का नभन्नूस्
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै दलहरू चुनावको पक्षमा रहेको बताएकी छन् । सर्वपक्षीय बैठकमा सबै दलका नेता, जेनजी प्रतिनिधिहरूको...
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...












