ताजा समाचार

प्रचण्ड–माधव समूहलाई ओलीको कटाक्ष – पार्टी छाडेर भागेका भगौडाहरु

काठमाडाैँ । प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा दिएका छन् ।

धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले नेताहरु पार्टीको बैठक छाडेर सडकमा गएको बताए । उनले भने, तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नु भएको होला । तपाईंहरु प्रभावित भइरहनुपर्ने आवश्यकता छैन ।’

बैठकमा नआएर नेताहरु कहाँ गएछन् भनेको त बाटोमा हामी यहाँ छौं भनेर बसेको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org