पृथ्वी जयन्तीले सबै नेपालीलाई एकै सुत्रमा बाँध्न सहयोग पुग्छ: राष्ट्रपति
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको जन्मदिनले सम्पूर्ण नेपालीलाई एकै सुत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन्।
२९९ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार जारी गरेको सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गरेकी छन्।
‘नेपाल विश्व मानचित्रमा सदैव एक स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहिआएको छ। वि.सं. १७७९ पौष २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको जग बसालेको तथ्य हामी सबैमा विदितै छ। विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको थियो,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ,’बहुलताबीच सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्य हो। यस सिर्जनात्मक शक्तिको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने निश्चित छ।’
पृथ्वीनारायण शाहले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका स-साना राज्यलाई एकीकरण गर्न सफलता हासिल गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नागरिकको इच्छा र चाहनाबाट नै मुलुकको शासन सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई शाहले अनुसरण गरेको बताएकी छन्।
‘नेपालको भू-अवस्थितिको आत्मबोध गर्नुभएका पृथ्वीनारायण शाहले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्नका लागि सदा स्मरणीय सन्देशहरू छाडेर जानुभएको छ। उहाँका उपदेशले राष्ट्रिय आत्मनिर्भता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएका छन्,’ सन्देशमा भनिएको छ,’ हाम्रा पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको छ। आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास लिएको छु।’
राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात् नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा गरी आत्मनिर्भर र समाजवादउन्मुख सुदृढ अर्थतन्त्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गरेकी छन्।
Comments
अरु समाचार
-
पारिवारिक सुखको कामना गर्दै आजदेखि जितिया पर्व मनाइँदै
जलेश्वर (महोत्तरी), ७ असोजः सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’...
-
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
काठमाडौँ, ७ असोजः क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...