ताजा समाचार

प्रतिनिधि सभा विघटन: बहस गर्न आधा घण्टा समय तोकियो

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा जारी सुनुवाइमा बहस गर्ने अधिवक्तालाई समय तोकिएको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आधा घण्टाको समय निर्धारण गरेका हुन् ।

यसअघि एउटै अधिवक्ताले घण्टौँ बहस गरेपछि समय अभाव हुनसक्ने भन्दै बहसलाई छरितो बनाउन न्यायाधीशहरुले सुझाव दिएका थिए ।

तर प्रधानन्यायाधीश राणाले समय निर्धारण गरे लगत्तै बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले एक घण्टा समय माग गरेका थिए ।

प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध गत आइतबारदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई जारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org