ताजा समाचार

बागमती प्रदेशसभा बैठक आज, अविश्वास प्रस्तावमाथि छलफल हुने

काठमाडौं बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। बुधबार अनिश्चितकालका लागि स्थगित गरिएको बैठक सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि बोलाएका छन्।

हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राजनीतिक दलहरुले बैठकलाई निरन्तरता दिन दबाब दिएका थिए। आजको बैठकमा कुनै कार्यसूची नभए पनि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबुल हुने प्रदेश सभा सचिवालयका प्रवक्ता सुन्दर पन्तले जनाकारी दिए।

नेकपाको प्रचण्ड–माधव पक्षका ४५ जना प्रदेशसभा सदस्यले पेस गरेको अविश्वासको प्रस्तावमा औपचारिक छलफल सुरु गर्ने तयारी गरिएको हो। मुख्यमन्त्रीविरुद्ध पुस १० गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। अधिवेशनको पहिलो दिन दलका नेताहरूले बोलेर बैठक सकिएकोमा अब औपचारिक रुपमा अविश्वास प्रस्ताव सदनमा प्रवेश गर्ने सांसदहरुले जनाएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org