ताजा समाचार

नेपाल प्रहरीका १६ डिएसपी एसपीमा बढुवा

काठमाडाै । नेपाल प्रहरीका  १६ जना नायब उपरीक्षक (डीएसपी) हरु उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् ।                                                                  अघिल्लो पटक महानिरिक्षक सर्बेन्द्र खनाल र ठाकुर ज्ञावली पालामा भएको २ चरणको बढुवामा छुटेकाहरु यसपटक बढुवा सिफारिसको प्राथमिकतामा परेका छन् ।                                प्रहरी नायब उपरिक्षकमा बढुवा हुदा क्रमश १ र २ नम्बर बरियतामा रहेका भवनेश्वर तिवारी र ऋषिराम कंडेललाई अघिल्लो पटक २ चरणको बढुवामा छुटाएर  व्याजमा केही राम्रो छविका भएपनि अधिकांश खराव छवि भएकालाइ वढुवा गरिएको थियो ।

यस पटक भने बढुवा समितीको सोमबारको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।  पहिलो नम्बरमा भुवनेश्वर तिवारी दोस्रोमा ऋषिराम कंडेल र तेस्रोमा सुरेश प्रसाद काफ्ले बढुवा सिफारिस भएका छन् ।                                         

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org