शेष घलेको भाई हुँ भन्दै, ठगी धन्दा चलाउने गमबहादुर समातिँदै
काठमाडाैँ । खर्बपति शेष घलेको भाइको हवाला दिँदै धेरै जनासँग करोडौं ठग्दै हिँडेका गमबहादुर लामिछाने अन्ततः प्रहरी खोरमा जाकिने भएका छन् ।
देशी र विदेशीलाई विभिन्न प्रलोभनमा ठग्दै हिँडेपनि प्रहरीले खासै कारबाही गर्न नसकेका लामिछानेले बिदेशीबाट कब्जा गरिएको घर जग्गा फेरि फेरि सेन्ट्रल र सिभिलजस्ता फाइनान्स र बैंकमा धितो राख्दै कतै दुई,कतै सवा छ करोड लोन निकालेर मस्ती मार्दै हिंड्ने धन्दामा रोक लगाउने काठमाडौं जिल्ला अदालतको गत साताको आदेशपछि आफूलाई सक्कली घरधनीको उजुरीअनुसार प्रहरीले समात्नसक्ने भन्दै निषेधाज्ञाको मागसहित माघ ८ गते उच्च अदालत पाटन पुगेका थिए । सबै सेटिङ्ग मिलाएर त्यता गएका लामिछाने त्यतिबेला झल्याँस्स भए जतिबेला हिजो बिहीबार अदालतको आदेश आयो ।
न्यायाधीशद्वय लोहितचन्द्र शाह र जगतबहादुर थापाको संयुक्त इजलासले दिएको आदेशअनुसार अब लामिछानेलाई जुनसुकै बखत प्रहरीले पक्राउ गर्ने बाटो झन् स्पष्टसँग खुलेको छ । आदेशमा ‘रिट निवेदकलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची १ र २ बाहेक देवानी दायित्वको विषयमा प्रस्तुत निवेदनको टुङ्गो नलागेसम्म पक्राउ नगर्नु नगराउनु’ भनिएको छ ।
कानुन व्यवसायीहरूका अनुसार अनुसूची १ र २ मा फौजदारी मुद्दाअन्तर्गत संगठित अपराध,चोरी डकैती,ज्यानमारा,आपराधिक लाभ प्राप्त गर्ने अन्य मुद्दाहरू,ठगीलगायतका सरकारवादी अपराधी मुद्दाहरू पर्छन् । आदेशमा अनुसूची १ र २ बाहेक अन्य कारोबारमा नसमात्नु भन्नुको अर्थ अपराधिक मानसिकताका ठगी या अन्य जेसुकै धन्दामा चाहिँ नछोड्नु भनेको हो । उनीहरूका अनुसार त्यो भनेको एक किसिमले बिदेशीले आफ्नो नाममा चल अचल सम्पत्ति किन्न पाउँदैन,अहिले मेरो नाममा पास गरेर एक हप्तापछि नामसारी गरिदिन्छु भन्ने सम्झौता कार्यान्वयन नहुँदा ठगीअन्तर्गत समातेर कार्वाही चलाउने अधिकार पुलिसलाई दिइनु हो । गमबहादुरले बिदेशी दम्पत्तिको छ करोड असी लाख लिएर घर मात्र आफ्नो बनाएनन् उल्टो डेढ बर्षदेखि अनेक थरी दु:खसमेत दिदै आए । फाइनान्सका सिइओहरुसङ्गै सिध्दार्थ बैंकको शून्य मौज्दातवाला खाता (ग्वार्कोको बिएण्ड्बी शाखा) बाट दुई करोड ९५ लाख डेढ करोड परिमाणका बाउन्स चेक भिडाउन पछि परेनन् । उनीबिरुध्द यस्ता केस अहिले दरवार मार्ग चौकीमा अनेक छन् ।
अदालतले निषेधाज्ञा माग गरिएको लामिछानेको निवेदनमा प्रत्यक्ष बुझिने गरी अन्तरिम आदेश दिँदा वा नदिँदा लफडा हुने भएपछि बीचको बाटो अपनाएको देखिन्छ । काठमाडौं जिल्ला अदालतको आदेशलाई नाघेर रजगज गर्ने बाटो खुल्ला राख्ने उद्देश्यसहित उच्च अदालत पुगेका गमबहादुर उल्टै फसेका हुन् । अब विगतको आपराधिक ठगी तथा लाभको केसमा प्रहरीले गमबहादुरलाई जुनसुकै बेला पक्राउ गर्न बाटो खुलेको बताइन्छ ।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...