ताजा समाचार

उपराष्ट्रपति र सभामुखद्वारा सपथ ग्रहण समारोह बहिस्कार

काठमाडौं । कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका छन् ।

बुधबार राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा उपाष्ट्रपति पुन र सभामुख अग्निप्रसाद सापकोटा गएनन् । नेकपा विवादको असर शीतल निवासमा आयोजित शपथ समारोहमा पनि देखिएको हो ।

संवैधानिक परिषद्का सदस्यसमेत रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा भने समारोहमा उपस्थित थिए ।

बुधबार संवैधानिक आयोगहरूमा सिफारिस भएकाहरूलाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ । सरकारले गएको मंसिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो ।

संवैधानिक परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ । संसद् विघटित रहेको अवस्थामा संसदीय सुनुवाइ नभएको र मंगलबार सिफारिसको ४५ दिन पूरा भएकाले संवैधानिक प्रावधानमै टेकेर राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बिहान राष्ट्रपति कार्यालयमा उनीहरुलाई शपथ खुवाएकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org